काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा छलफल भएको छ ।
लामो समय संसद नचल्दा जनतामा नैराश्यता बढ्ने र नकरात्मक प्रभाव पर्ने भएकोले संसद चल्ने वातावरण बनाउन राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको हो ।
राष्ट्रपतिले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । राष्ट्रपति पौडेलले यसअघि २५ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर पनि संसदको अवरोध हटाउने बारे छलफल गरेका थिए ।
प्रकाशित मितिः २०८० साउन ३१ बुधबार
Comments