काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सोमबार सम्पत्ति विवरण बुझाएकी छन्। उपाध्यक्ष अर्यालले आज (साउन १ गते सोमबार) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन्।
उनले बुझाएको सम्पत्ति विवरणको दर्ता नम्बर १ मा रहेको छ। सम्पत्ति विवरण बुझाउनुका साथै उनले आफ्नो सम्पत्ति सार्वजनिक पनि गरेकी छन्।
भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनको लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ।
यसैबीच संघीय संसद सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन संघीय संसदका दुवै सदनका सदस्यहरुलाई अनुरोध गरेको छ।
प्रकाशित मितिः २०८० साउन ०१ सोमबार
Comments