काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक अर्को कार्यसूचीमा नल्याए सदन चल्न नदिने चेतावनी दिएको छ ।
संसदमा आज रास्वपाका सभापति रवि लामिछानेले भने, ‘मिटरब्याजसम्बन्धी अध्यादेश जिरोमा गयो । प्रतिस्थापन विधेयकको चर्चा चल्यो । प्रतिपक्षी बेञ्चमा बसेका कारण विपक्षीमा छन् भन्ने भ्रम छर्न खोजियो । कार्यसूचीमा किन आएन ? कसका कराण रोकियो ?’
कासका कारण यो विधेयक संसदमा नआएको हो जानकारी गराउन उनले माग गरे । अर्को दिनको कार्यसूचीमा नआए अवरोध गर्ने पूर्वसूचना उनले दिए ।
‘सत्तापक्षको कारण रोकिएको गाइगुइ सुनिएको छ । सदनले थाहा पाओस् पक्षमा को छ, विपक्षमा के छ ?’ उनले भने ।
प्रकाशित मितिः २०८० असार २९ शुक्रबार
Comments