काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन्। पूर्वराजारानीका तर्फबाट उनका प्रमुख सचिव पशुपतिभक्त महर्जनले पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालय पुगेर दुःख व्यक्त गरेका थिए।
महर्जनले माओवादीका महासचिव देव गुरुङलाई भेटेर पूर्वराजारानीको तर्फबाट दुःख र समवेदना व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहाल भने मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सिंहदरबारतर्फ गएकाले महर्जनको उनीसँग भेट हुन नसकेको बताइएको छ । ।
प्रकाशित मितिः २०८० असार २७ बुधबार
Comments