काठमाडौं । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । मंगलबार प्रदेश सभाको २५औँ बैठकमा बजेट बहुमतले पारित भएको सभामुख नन्दा गुरुङले घोषणा गरेकी हुन् ।
अर्थमन्त्री वेदराज सिंहले पारित गरियोस् भनी प्रदेशमा प्रस्ताव राखेका थिए । अर्थमन्त्री सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए।
जसमा चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ। बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो ।
प्रकाशित मितिः २०८० असार २६ मंगलबार
Comments