काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको दुई दिने भेला सम्पन्न भएको छ । भेलाले ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पनि पारित गरेको छ ।
भेलामा जिल्ला सभापतिहरूले राष्ट्रिय तथा प्रदेशगत बजेटमा विभेद गरिएको, भ्रातृ संस्थालाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, पार्टीमा गुटको राजनीति हावी भएको विषय मुखरित भएको थियो । जिल्ला सभापतिहरूले भेलामा उठाइएका विषयहरुलाई आगामी केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
जिल्ला सभापतिहरुसँग निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने र त्यहाँ जिल्ला सभापतिहरूले त्यो ग्रुपमा आफ्ना गुनासो राख्ने निर्णय भेलाले गरेको छ ।
प्रकाशित मितिः २०८० असार २२ शुक्रबार
Comments