काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले स्वतन्त्र सासंद डा. अमरेश कुमार सिंहविरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् ।
देशका ठूला भ्रष्टाचार काण्डमा संलग्नताको आरोप लगाएको भन्दै स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी हुन्।
सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गरेकी हुन्। आरजुले दर्ता गरेको रिटलाई लामो समयसम्म गोप्य राख्न कोसिस गरिए पनि सार्वजनिक भएको छ।
मुद्दाको सुनुवाइ पेशी असार २४ गते तोकिएको अदालत स्रोतले जनाएको छ। रिट निवेदनमा आरजुले अमरेशलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन्।
सभापति शेरबहादुर देउवा र आरजुले आफूलाई टिकट नदिएको भन्दै अमरेश स्वतन्त्र चुनाव उठेका थिए। उनले चुनाव जितेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि नियोजित प्रहार गरिएको भन्दै आरजुले संसदमा बोलेकी थिइन्। उनले महिला भएकै कारण आफूमाथि आक्रमण गरिएको बताएर सेन्टिमेन्ट बटुल्न खोजे पनि उल्टै उनको आलोचना भएको थियो।
प्रकाशित मितिः २०८० असार २२ शुक्रबार
Comments