काठमाडौं । निर्वाचन आयोगले ‘नो भोट’को व्यवस्था गर्ने प्रस्ताव गर्ने निर्णय गरेको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गरेर त्यसमा कुनै पनि मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनि मतदान गर्न चाहेमा त्यो व्यवस्था मतपत्रमा हुने भनि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
‘कुनै पनि मतदाताले कुनै पन उम्मेदवारलाई समर्थन नरहेको भनि मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था गर्न सक्ने,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगले उक्त विधेयक गृहमन्त्रालय मार्फत संसदमा पेस गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मितिः २०८० असार १८ सोमबार
Comments