काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया परम्परागत भएकाले आगामी वर्षदेखि परिमार्जन हुने प्रतिबद्धता जनाएका छन् ।
‘यो प्रक्रियालाई यसै पटक बदल्ने सोच बनायौँ । तर समयको ठूलो दबाब रह्यो,’ संसद बैठकमा उनले भने ।
आगामी वर्ष प्रत्यक्ष निर्वाचित सांसदको संयोजकत्वमा नै सुधार गरिने उनले प्रतिबद्धता जनाए । प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक र राष्ट्रियसभाको सदस्यको सुझावलाई समेटेर बजेट बनाइने उनले बताए ।
प्रकाशित मितिः २०८० असार १३ बुधबार
Comments