काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संघीय संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप (निर्देशन) लगाएको छ।
मंगलबार प्रत्येक सांसदहरूलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो।
संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका छन्। बजेट भोलि पारित गर्ने कार्यसूची रहेको छ। बजेटप्रति सत्तारूढ दलका सांसदमात्र होइन मन्त्री नै रूष्ट छन्।
प्रकाशित मितिः २०८० असार १२ मंगलबार
Comments