काठमाडौं । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ ।माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा सोमबार हुने सहमति जुटेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट उक्त सहमति जुटेको हो । राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम रहने छ । समाजवादी मोर्चामा माओवादीसँगै, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् । मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच यसअघि नै सहमति भइसकेको छ ।
प्रकाशित मितिः २०८० असार ०३ आइतबार
Comments