काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन्। जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
पूर्वमन्त्री यादव पर्सा क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।
प्रकाशित मितिः २०८० जेठ १२ शुक्रबार
Comments