काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नेकपा (एमाले)बाट निलम्बित भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जम्मा गरेको करोडौं रकम हिनामिना गरेर फरार भएको समचार बाहिरिएपछि उनलाई एमाले गण्डकी प्रदेश कमिटीको हिजो (बुधबार) बसेको बैठकले निलम्बन गरेको हो ।
एमाले गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीले एक विज्ञप्त्ति जारी गर्दै उनी निलम्बित भएको जनाएका हुन्। उनीसहित इमेज सहकारीका पदाधिकारी वचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।
प्रकाशित मितिः २०८० जेठ ११ बिहिबार
Comments