काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । यो आदेशसँगै लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुने भएको छ।
गत वैशाख १० गते भएको उपनिर्वाचनमा उम्मेदवार बन्न लामिछाने अयोग्य रहेको भन्दै युवराज पौडेल (सफल)ले गत वैशाख २५ गते सर्वोच्चमा रिट दिएका थिए। उनको रिटलाई सर्वोच्च अदालतका रजिस्ट्रारले वैशाख २८ मा दरपीठ गरेका थिए ।
सर्वोच्च प्रशासनको रिट दर्ता नगर्ने निर्णय विरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।
गत वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवार बनेका लामिछाने प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भइसकेका छन्। यसअघि पनि लामिछानेको नागरिकतालाई लिएर पौडेलले नै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित मितिः २०८० जेठ १० बुधबार
Comments