काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अर्थमन्त्री डा प्रकासशरण महतले निजगढ अन्तराष्ट्रिय विमानस्थलको महत्व नबुझेको बताएका छन् ।
मंगलवार बसेको संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा बोल्दै नेपालले उक्त कार्य अगाडी बढाउन आवश्यक बजेट आगामी वर्षको बजेटमा विनियोजन नगरिएको भन्दै अर्थमन्त्री महतप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘पर्यटनसँग पनि जोडिएको, नागरिक उडड्यनसँग पनि जोडिएको र मलाई पनि सधैंभरि त्यसले घच्घच्याइरहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका र डर लाग्न थालेको छ ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नपालको भविष्यसँग जोडिएको विमानस्थ अघि बढाउने कार्यमा खबरदारी गर्न समितिका सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।
प्रकाशित मितिः २०८० जेठ ०२ मंगलबार
Comments