काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न नदिने बताएका छन्। आइतबार उक्त विषयको बहसमा बोल्दै सांसद वाग्लेले यो प्रकरण ठगी, कीर्ते,भ्रष्टाचार र मानव तस्करका साथै संगठित अपराध भएकाले आफ्नो पार्टीले त्यतिकै सामसुम हुन नदिने बताएका हुन्।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि र मान्यताहरुविरुद्ध भएकाले यसलाई टुंगोमा पुर्याउन दबाब दिइराख्ने बताए। उनले तीन नेता बसेर यसलाई टालटुल पार्न खोजेको हो कि भन्ने आशंका व्यक्त गरे। यस प्रकरणमा प्रहरीको अनुसन्धानका विषयलाई ट्विटमार्फत् संयुक्त राष्ट्र संघको महासचिवलाई मेन्सन गर्दै ध्यानाकार्षण जानकारी दिए।
डा वाग्लले कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणाप्रति लक्षित गर्दै भने, ‘पुरानो एकदमै भ्रष्ट भनिएर चिनिएको पात्रले पनि आएर हाकाहाकी प्रमाणित गर्न त? भनेर जेल हाल्न चुनौती दिनसक्ने अवस्था कसरी आयो? पुरानो भ्रष्टाचारको विधि थियो। नगद लेनदेन हुन्थ्यो होला। तकियामुनि राखिन्थ्यो होला। वा खाडल नै गाडेर राखिन्थ्यो होला। उपयुक्त सूचना सुराकीको आधारमा उत्खनन गरेर प्रमाणित गर्न सकिन्थ्यो।’
प्रकाशित मितिः २०८० बैशाख ३१ आइतबार
Comments