काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद डा. आरजु राणा देउवालाई जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौं उपत्यका बाहिरका कार्यक्रममा सहभागी हुन गएका बेला केही सञ्चारमाध्यमले राणा विदेश भागेको समाचार प्रकाशन तथा प्रशारण गरेपछि तरुण दलले आइतबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी अनुसन्धानमै रहेको हुँदा ठोस प्रमाणबिना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको गुरुङले बताएका छन् । उनले सबै सरोकारवालाहरूलाई सचेत रहन पनि आग्रह गरेका छन्।
तरुण दलले जारी अनुसन्धानलाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकार, गृह मन्त्रालय र नेपाल प्रहरीलाई आग्रह गर्दै अनुसन्धानमा संगठनको पूर्ण सहयोग रहने पनि बताएको छ।
प्रकाशित मितिः २०८० बैशाख ३१ आइतबार
Comments