काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विश्वासको मत मागेका छन् । प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् ।
अब संसदमा रहेका दलले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने छन् । त्यसपछि मत विभाजन हुनेछ । पाण्डेले विश्वासको मत पाउने पक्का छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् ।
पाण्डे गत वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रकाशित मितिः २०८० बैशाख २१ बिहिबार
Comments