काठमाडौं । सरकारले विज्ञापन नियमावली २०७७ संशोधन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार बैठकले एसिया कपमा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई ६/६ लाख दिने निर्णय पनि गरेको छ। अन्य टिम अफिसियललाई भने जनही ३ लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
प्रकाशित मितिः २०८० बैशाख २० बुधबार
Comments