काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिएका छन्। रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन्।
आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएका हुन् । यसअघि रास्वपाका सभापति तथा संसदीय दलका नेता रहेका रवि लामिछानेको सांसद पद नागरिकता प्रकरणका गएपछि अर्याल दलको नेता चुनिएका थिए । उपनिर्वाचनमार्फत लामिछाने पुनः निर्वाचित भएर आएसँगै अर्यालले राजीनामा गरेका हुन् ।
अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन्। अर्यालको राजीनामा स्वीकृतिको प्रक्रियामा छ। राजीनामा स्वीकृत भएपछि पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्नेछन्। सोमबार बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने बताइएको छ। लामिछानेले शुक्रबार मात्रै सांसदको शपथ लिएका छन् ।
प्रकाशित मितिः २०८० बैशाख १७ आइतबार
Comments