काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले माओवादीका अयोग्य लडाकुलाई दुई/दुई लाख रुपैयाँका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले आर्थिक सङ्कटको बेला सरकारले संसद् छलेर यस्तो निर्णय गरेको भन्दै आपत्ति जनाएको हो । उनले यसबारे संसद्लाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरेका छन् ।
उनले भने, ‘अयोग्य लडाकुलाई दुईरदुई लाख रुपैयाँ दिने निर्णय भएको भन्ने कुरा विभिन्न माध्यमबाट बाहिर आइरहेको छ । यस्तो आर्थिक सङ्कटको बेलामा अपारदर्शी ढङ्गले संसद् छलेर यो निर्णय गर्नु स्वाभाविक होइन । त्यस कारण म सर्वप्रथम सभामुखमार्फत सरकारलाई माग गर्न चाहन्छु– यो विषयमा के भएको हो ? यथार्थ जानकारी सदनलाई गराइयोस् ।’
सांसद पौडेलले आर्थिक सङ्कटमा सरकारले अपारदर्शी ढङ्गले बजेट खर्च गर्न नमिल्ने पनि बताए ।
प्रकाशित मितिः २०८० बैशाख १५ शुक्रबार
Comments