चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका छन् ।
लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ दोस्रो पटक निर्वाचित भएका हुन् ।
सम्पन्न मतगणना अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका हुन् ।
४२ हजार ९ सय ६२ मत अन्तर रहेको परिणाममा लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमाले का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे ।
मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।
Comments