काठमाडौं । उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री खड्काले बुधबार दिउँसो कानुन मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।
चैत १७ मा उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काको बाँधमा कानुन मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । पदभार ग्रहण गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले कानुन न्याय तथा संसदीय मन्त्रालयले राज्यका तीन निकायबीच समन्वय गर्ने बताए ।
संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका लागि क्रियाशील हुनुपर्ने जिम्मेवारी पनि रहेको उनले बताए । ‘संविधानमा व्यवस्था गरिएका मानवअधिकार र मौलिक हकसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रिया चलिरहेको छ ।
प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार
Comments