काठमाडौं । मंगलबार मन्त्रिपरिषदले लामो समयदेखि रोकिएको कित्ता काट खुला गरेको विषयमा आज बसेको संसदभित्र विरोध भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै एमाले सांसद सरस्वती सुब्बाले मन्त्रिपरिषद बैठकले गरेको सो निर्णयको विरोध गरेकी हुन् ।
भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट गर्ने निर्णय सुन्दा आफूलाई दुःख लागेको बताइन। उनले भनिन,‘नेपाल खाद्य संकटको मारमा छ । जलवायु परिवर्तनको उच्च जोखिममा छ ।
मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्यन्य नपाउने थिए । अब यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’
प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार
Comments