काठमाडौं । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोलि(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइने त्यसपछिको अवधिमा प्रचारप्रसार गर्न नपाइने भएको हो।
चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले उल्लेख गरेको छ। बैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।
प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार
Comments