काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधबार भारतको राजधानी नयाँदिल्लीतर्फ लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएअरको एअर एम्बुलेन्समार्फत नयाँदिल्लीस्थित अल इन्डिया इन्स्चिच्युट अफ मेडिकल साइन्सेसतर्फ लागिएको हो ।
छातिमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना गरिएको थियो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।
प्रकाशित मितिः २०८० बैशाख ०६ बुधबार
Comments