काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी राजदूत डिन आर. थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएकाे छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री साउद र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएकाे हाे ।
भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र द्विपक्षीय सहकार्यको विविध पक्षमा छलफल भएको थियो । साउद आइतबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार
Comments