काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन्।
फेसबुकमा बिहीबार एक सन्देश पोस्ट गर्दै वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन गइरहेको र धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेकाले यो खुसीको कुरा भएको बताए।
प्रकाशित मितिः २०७९ चैत्र २३ बिहिबार
Comments