काठमाडौं । दलित समुदायका विभेद र उत्पीडितको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता र समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत भएको छ ।
राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्ताव राष्ट्रियसभामा छलफलपछि सर्वसहमतिले स्वीकृत भएको हो ।
प्रस्ताव स्वीकृत भएसँगै कार्यान्वयनका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यान्वयनका लागि निर्देशन दिए ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र कानुनद्धारा विभेद अन्त्यका लागि निरन्तर प्रयास गर्ने बताए । संकल्प प्रस्तावमा उठाइएका विषयलाई कानुनी र राज्यको तर्फबाट अधिकतम सम्बोधन गर्ने कोशिस रहने प्रतिबद्धता जनाए ।
प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार
Comments