काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जनालाई प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रधानमन्त्री प्रचण्ड उपस्थित कार्यक्रममा नाराबाजी गरेको भन्दै अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा छन्। रिजालले भने, ‘तीन जनाविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता भएको छ। थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।’
उनीहरूले बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने भन्दै प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए।
प्रकाशित मितिः २०७९ चैत्र ०८ बुधबार
Comments