काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रशंसा गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दाहाल साहसिक प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दाबी समेत गरे।
सांसद यादवले मुलुक संकटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री दाहाललाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क समेत गरे। उनले विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्न प्रधानमन्त्री दाहालको पनि ध्यानाकर्षण गराए।
सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री दाहालबाट विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उनले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताए। उनले महँगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए।
प्रकाशित मितिः २०७९ चैत्र ०६ सोमबार
Comments