काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघठन गर्वको विषय नभएको बताएका छन् । सोमबार संसद बैठकमा विश्वासको मत माग्दै प्रचण्डले संसद्मा पहिलो दिनमै संसद विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पाएपछि आफू नैतिक संकटमा परेको बताएका हुन् ।
संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघठनबारे अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरूलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेपनि त्यो सफल हुन नसकेको बताए ।
जनतामा भ्रम सिर्जना गर्ने र लोकतान्त्रिक संस्थाहरूविरूद्ध मोह भंग गराउने प्रयास भइरहेको उनको भनाइ छ। प्रचण्डले सरकारले जनताको पक्षमा काम गर्दै आएको दावी गरे ।
उनले नेकपा एमाले र राप्रपालाई पनि आफ्नो निर्णयमा पुनःविचार गर्न राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिन समेत आग्रह गरे।
प्रकाशित मितिः २०७९ चैत्र ०६ सोमबार
Comments