काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक चैत १२ गते बस्ने भएको छ । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको ७ औँ बैठक चैत १२ गते आइतबार दिउँसो तीन बजे बस्ने भएको हो ।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बैठक बस्ने तय भएको बताएका छन् । बैठकको कार्यसूची तय गर्नका लागि सोही दिन दिउँसो १ बजे सर्वदलीय बैठक बस्नेसमेत उनले जानकारी दिए ।
सभामुख र उप सभामुखको निर्वाचन सम्पन्नसँगै माघ ६ गते मुख्यमन्त्रीले सभाबाट विश्वासको मत प्राप्त गरेपछि त्यसयता प्रदेश सभाको बैठक बसेको थिएन ।
प्रकाशित मितिः २०७९ चैत्र ०५ आइतबार
Comments