रुपन्देही । रुपन्देहीको सियारीमा रहेको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको प्यानल विजय भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतपरिणाम अनुसार सभापतिमा अभिषेककुमार यादव विजय भएको हो । यादवले एक सय १३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले निकट अखिलकी पुष्पा यादवले ५१ मत पाएका छन् ।
त्यस्तै, सचिवमा मुकेश नाउँ, कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट तथा सदस्यहरूमा नीराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारु र आशिष् जैसवाल विजयी भएको नेसविंघ रुपन्देही सभापति शमसेर खड्काले जानकारी दिए । उक्त क्याम्पसमा दुई सय सय ३१ जना विद्यार्थी मतदाता भएपनि एक सय ६६ मत खसेको हो ।
प्रकाशित मितिः २०७९ चैत्र ०५ आइतबार
Comments