काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमवार भोलि पद तथा गोपनीयताको शपथ लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमवार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएको थियो । चुनावमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति चुनावको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।
प्रकाशित मितिः २०७९ चैत्र ०५ आइतबार
Comments