काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । भेटका लागि पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए ।
भेटमा राष्ट्रपति र तत्कालीन नेकपा ब्युँताउनेलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । राष्ट्रपतिको उमेदवारी मनोनयनका लागि दुई दिन बाँकी रहँदा नेताहरूको दौडधुप बढेको छ ।
प्रकाशित मितिः २०७९ फागुन ११ बिहिबार
Comments