काठमाडौं । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्मा लैजानबारे दलहरूबीच सहमति भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान बालुवाटारमा बोलाएको बसेको दलका प्रमुख नेता र प्रमुख सचेतकसँगको छलफलमा विधेयक अगाडि बढाउनेबारे सहमति भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, प्रमुख सचेतकहरू, मुख्यसचिव, कानुन सचिव, प्रधानमन्त्री कार्यालयको कानुन महाशाखाको सचिवलगायतका उपस्थिति रहेको पाण्डेले जानकारी दिए ।
अघिल्लो पटक निर्वाचित प्रतिनिधिसभाको कार्यकाल गत असोजमा सकिएसँगै २७ विधेयक निष्क्रिय भएका थिए । देउवा सरकारले ल्याएको नागरिकता विधेयक दुई पटक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि निष्कृय भएको थियो ।
प्रकाशित मितिः २०७९ माघ २३ सोमबार
Comments