काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार खनाल निवास डल्लुमा भेटवार्ता भएको छ। दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
भेटमा यादवले त्रिशंक संसदबारे चिन्ता जनाउनुका साथै बाम एकताका लागि पहल गर्न सुझाव दिएको भट्टराईले बताए। सत्ता गठबन्धनबारे दुई नेताबीच कुनै छलफल नभएको खनालको सचिवालयले जनाएको छ।
प्रकाशित मितिः २०७९ पुष १५ शुक्रबार
Comments