काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले पदभार ग्रहण गरेका छन् । आजै पद तथा गोपनीयताको शपथ लिएका उनले रामशाहपथस्थित महान्याधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्तामा अधिवक्ता डा. पोखरेललाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नेपालको महान्यायाधिवक्ता पदमा पाेखरेललाई नियुक्त गरेकी थिइन् ।
पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका हुन् ।
शपथ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेता सहभागी थिए ।
प्रकाशित मितिः २०७९ पुष १४ बिहिबार
Comments