काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्दा पनि आफूहरूले उठाएका एजेन्डा सहभागी हुने या नहुने भन्ने मुख्य प्रश्न रहेको बताएका छन् ।
‘व्यक्ति जाने अथवा पार्टी सहभागी हुने भन्दा पनि एजेन्डा सहभागी हुने हो । त्यो एजेन्डा पूरा हुने प्रतिबद्धताको आवश्यकता हो,’ बिहीबार संघीय संसद् भवन परिसरमा लामिछानेले भने । संसद् भवन प्रवेश गर्दै गर्दा आफूले निकै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको लामिछानेले बताए ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार
Comments