काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । बिहीबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धनकै सरकार बन्ने भए पनि नेतृत्वबारे भने सहमति भइनसकेको बताए ।
उनले अहिले सबै प्रक्रिया सहज र स्वाभाविक ढंगले अगाडि बढिरहेको भन्दै सरकार बन्न पनि कुनै समस्या नहुने दाबी गरे । तीनै तहको चुनाव सम्पन्न भइसेको भन्दै प्रचण्डले अब सरकारले पनि त्यहीअनुसार काम गर्नुपर्ने बताए ।
प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार
Comments