डोटी । डोटी प्रदेश सभा (क)मा कांग्रेस सभापति र एमाले अध्यक्षबीच कडा प्रतिस्पर्धा भएको छ । गठबन्धनका तर्फबाट कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंह र एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लबीच प्रतिस्पर्धा भएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा (क) तर्फको १४ हजार ६१३ मत गणना गर्दा एमाले उम्मेदवार मल्ल सात हजार २३३ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार नरेन्द्रबहादुर सिंह ६ हजार ४१ मतसहित दोस्रो स्थानमा छन् ।
हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ७०९ मत प्राप्त गरेको छ भने राप्रपाका उम्मेदवार नेत्र नाथले १५१ मत प्राप्त गरेको छ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments