विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका डा. शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कोइरालाले ५,०८२ मत प्राप्त गरेका छन् ।
आफ्नो अग्रता घट्न नदिएका कोइराला एमालेको गढ मानिएको सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा समेत अगाडि रहे । नेकपा एमालेका लालबाबु पण्डितले ४,४३९ मतसहित कोइरालालाई पछ्याइरहेका छन् । पण्डित र कोइरालाबीचको मतान्तर ६४३ रहेको छ ।
यो क्षेत्रअन्तर्गत बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाका वडाहरुको मतगणना गर्न बाँकी छ । प्रदेशसभातर्फ एमालेकी रीता न्यौपानेले ५,१९५, नेकपा माओवादी केन्द्रका जीवन आचार्यले ३,८७६ मतसहित न्यौपानेलाई पछ्याइरहेका छन् ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments