ताप्लेजुङ । प्रतिनिधिसभाका लागि ताप्लेजुङबाट एमाले सचिव समेत रहेका उम्मेदवार योगेश कुमार भट्टराईले सुरुवाती अग्रता लिएका छन् । जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका ७ को ओलाङचुङगोला र याङमाको मत गणना गर्दा भट्टराईले ६८ र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले ३३ मत प्राप्त गरेका हुन् ।
राप्रपाका राम कार्कीले २ र लोकतान्त्रिक समाजवादीका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ४ मत बदर भएको छ । एउटा वडाको गणना सकेपछि मात्रै अर्को वडाको गणना गर्ने दलहरुको सहमति अनुसार यहॉबाट गणना सुरु गरिएको हो ।
मतपेटिका संकलनमा ढिलाइ हुँदा गणना पनि ढिलाइ भएको हो। दोस्रो चरणको मत गणना फक्ताङलुङ गाउँपालिका ६ लेलेपको क र ख तथा घुन्सा र ग्याब्लाबाट सुरु भएको छ । यहाँको प्रतिनिधिसभामा ४८ हजार ३ सय ५५ मत खसेको छ ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments