चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउन थालेका छन् । पछिल्लो मतगणनाको जानकारी अनुसार लामिछानेले ५ हजार १ सय २८ मत पाएका छन् भने, एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १ सय ६६ मत पाएका छन् ।
तेस्रोमा नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ७ सय ६ मत प्राप्त गरेका छन् । सहरी क्षेत्रमा मतगणना सुरु हुन थालेसँगै रविको मतान्तर बढ्ने आंकलन गरिएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments