काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो ।
नेपाली कांग्रेसको आग्रहमा आजको बैठक स्थगित गरिएको हो । vप्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । नेता गिरिको गएराति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको हो । उहाँको आजै अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मितिः २०७९ भदौ ०५ आइतबार
Comments