काठमाडौं । सांसद गोकुल बाँस्कोटाले नागरिकता विधेयक छलफलबाट पारित गर्नुपर्ने बताएका छन् । संसदमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै सांसद बाँस्कोटाले जबरजस्ती नागरिकता विधेयक पारित गर्न नहुने बताएका हुन् ।
नागरिकताको विषय सस्तो बनाउन नहुने उनको भनाइ छ। उनले भने,’ भारतमै समयसीमा सात वर्षमा राखिएको छ । अमेरिकामा तीन वर्ष छ । दिउँसै आँखा चिम्लेर पारित गर्ने । ‘
हतार हतारमा नागरिकता विधेयक पार गर्न नहुने बताए । उनले भने, ‘सत्ता पक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई त्यहाँ पिस्ने र देशलाई विभाजन गर्ने खालको हुनुहुँदैन । ‘
देशलाई दुरगामी असर पर्ने गरी नागरिकता विधेयक आउन नहुने बताए । व्यापक छलफलसहित सहमति कायम गरेर मात्रै नागरिकता विधेयक पास गर्नुपर्ने बताए ।
प्रकाशित मितिः २०७९ भदौ ०२ बिहिबार
Comments