कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले इमानदार भइ कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा दत्तचित्त भएर काम गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले जनताका पक्षमा समर्पित भइ कामकाज गर्न आग्रह गरे । जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरूमा सुशासन कायम गरी जनभावनानुसार काम गर्न जनप्रतिनिधिसँग अनुरोध गरे।
आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयकको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।
प्रकाशित मितिः २०७९ असार ३ शुक्रबार
Comments