काठमाडौं । पराराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम एसपिपी नेपालको हितमा नभएकाले अघि नबढने बताएका छन्।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खड्काले ‘एसपिपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढने बताएका हुन्।
उनले भने, ‘अमेरिकाले ल्याएको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० नेपालको हितमा छैन। त्यसैले सरकारलाई स्वीकार्य पनि छैन। नेपाल आफ्नो देशको सार्वभौमसत्ता र संविधानको व्यवस्थाविपरीत र असंलग्न परराष्ट्र नीतिबाट बाहिर जान सक्दैन। नेपाल भूराजनीतिमा अति संवेदनशील छ। हामी संयुक्त राष्ट्र संघको सदस्य पनि भएकाले यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैनौँ। हाम्रो संविधानले पनि दिँदैन। हाम्रा अन्य सम्बन्धले पनि दिँदैन। त्यसको च्याप्टर क्लोज भयो।’
प्रकाशित मितिः २०७९ असार ०३ शुक्रबार
Comments