काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) सम्झाैताबारेमा परराष्ट्रमन्त्री नारायण खड्का पन्छिन खाेजेकाे आराेप लगाएका छन्।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका नेता रावलले यस्ताे आराेप लगाएका हुन्।
नेता रावलले भने,’यो विषयलाई अब नकोट्याऊँ भन्ने होइन, परराष्ट्रमन्त्रीले पन्छिन मिल्दैन। जनतालाई प्रष्टसँग थाहा छैन। सेनापतिलाई धन्यवाद दिन चाहन्छु, उहाँले पारदर्शी हुन्छ भन्नुभयो।’
उनले दुई दिनमै कुरा फेर्ने नेपाली सेनाप्रति आपत्ति जनाएका छन्। ‘सेनाले कहिले गरेको छ, कहिले छैन भन्ने कुरा ठिक होइन। दुई दिनमै कुरा फेरिनु हुन्न’,नेता रावलले भने। परराष्ट्रमन्त्रीले यस विषयमा संसदमा ढाँटेकाे उनकाे आराेप छ।
नेता रावलले भने, ‘२०१९ मै नेपाल आइपिएसकाे सदस्य भएको अमेरिकी रिपोर्ट छ। एसपिपीको बारेमा छानबिन गर्न समितिले छानबिन समिति बनाउनु पर्छ। परराष्ट्र मन्त्रीले संसदलाई ढाँट्न मिल्दैन। यो केहो पनि होइन रे? त्यो भन्न मिल्छ? आलटाल गरेर बस्न मिल्दैन।’
उनले परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपिपी/आइपिएसकाे सदस्य छैनाैँ भनी चिठी लेख्नपर्नेसमेत पनि बताए।
प्रकाशित मितिः २०७९ असार ०३ शुक्रबार
Comments